Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रुसी सेनामा कार्यरत कैलालीका भरतको मृत्यु

    रुसी सेनामा कार्यरत कैलालीका भरतको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 1.9K
    SHARES

    धनगढी । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।

    तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको खबर परिवारले पाएका हुन्।



    आफन्तले शुक्रबार उनको मृत्यु भएको खबर पाएपछि कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् ।



    भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।

    सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए ।

    दुबईमा उनी गार्डको काम गर्थे । नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मीले पठाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार