Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रुसद्धारा युक्रेनको लुहांस्क क्षेत्र नियन्त्रणमा

    रुसद्धारा युक्रेनको लुहांस्क क्षेत्र नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 900
    SHARES

    फाइल तस्बिर

    एजेन्सी । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ ।

    भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।



    लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ ।



    यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार