Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रुस र युक्रेनको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएपछि हङ्गेरीमा संकटकाल घोषणा

    रुस र युक्रेनको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएपछि हङ्गेरीमा संकटकाल घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 2.3K
    SHARES

    एजेन्सी । रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन्।

    उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए ।



    रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाई छ ।



    दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनिकरणका लागि सङ्कटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार