Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भूकम्पबाट अतिप्रभावित टर्कीको दक्षिण–पूर्वी क्षेत्रमा संकटकाल घोषणा

    भूकम्पबाट अतिप्रभावित टर्कीको दक्षिण–पूर्वी क्षेत्रमा संकटकाल घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 534
    SHARES

    एजेन्सी । भूकम्पबाट अतिप्रभावित टर्कीको दक्षिण–पूर्वी क्षेत्रमा तीनमहिने संकटकाल घोषणा गरिएको छ ।

    भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला राष्ट्रपति रिसेप तय्यप एर्दोगानले मुलुकको दक्षिण–पूर्वी क्षेत्रमा तीन महिनाका लागि संकटकाल घोषणा गरेका हुन् ।



    एर्दोगानका अनुसार टर्कीमा मात्र ज्यान गुमाउनेको संख्या तीन हजार ५४९ पुगेको छ ।



    उनले मुलुकका १० वटा प्रमुख सहर भूकम्प प्रकोप क्षेत्रमा परेको तथा विश्वका करिब ७० वटा मुलुकबाट आफ्नो सरकारलाई सहयोगको प्रस्ताव प्राप्त भएको पनि बताएका छन् ।

    साथै, राष्ट्रपति एर्दोगानले भूकम्पका कारण घरवारविहीन हुन पुगेका मानिसहरुलाई अन्ताल्या सहरस्थित होटेलहरुलमा आपतकालीन आश्रयको व्यवस्था गर्ने योजना सार्वजनिक गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार