Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रुसले युक्रेनको रेलवे स्टेशनमा मिसाइल प्रहार गर्दा २२ जनाको मृत्यु

    रुसले युक्रेनको रेलवे स्टेशनमा मिसाइल प्रहार गर्दा २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 930
    SHARES

    काठमाडौं । युक्रेनले आफ्नो एउटा रेलवे स्टेशनमा रुसी रकेट आक्रमणमा २२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएको छ ।

    रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमा यो आक्रमण भएको हो ।



    युक्रेनले आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको बताएको छ, जहाँ एक गाडीमा सवार पाँच जनालाई जलाएर मारिएको थियो। जसमध्ये एक ११ वर्षीय बालक पनि थिए ।



    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको बीचमा आक्रमणको बारेमा जानकारी दिए। यस आक्रमणमा करिब ५० जना घाइते भएको उनले बताए ।

    रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, रुसले नागरिक बसोबास गर्ने ठाउँमा आक्रमण नगर्ने बताउँदै आएको छ ।

    जेलेन्स्कीले सुरक्षा परिषद्को बैठकमा बोल्ने तयारी गर्दै गर्दा च्याप्लिनको आक्रमणबारे थाहा पाएको बताए।

    चारवटा बोगीमा आगो लागेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार