Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल प्रहार

    उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 675
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा मिसाइल प्रहार गरेको छ ।

    दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले बिहीबार सो जानकारी दिएका हुन् । जापानको तटरक्षकले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ ।



    जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालयले ट्वीट गर्दै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ । जापान सरकारले बिहीबार उत्तर कोरियाले एक संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि उत्तरी होक्काइडो क्षेत्रका बासिन्दाहरूलाई शरण लिन आग्रह गरेको छ ।



    दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफलाई उद्धृत गर्दै भनेको छ कि सोल र वाशिंगटनसँग बढेको तनावको बीचमा प्योङयाङबाट पूर्वी सागरतर्फ मिसाइल प्रहार गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार