Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलगायतका नेताहरु मन्त्रीको सपथ ग्रहणमा किन सहभागी भएनन्?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी (नेकपा)का शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी भएका छैनन्।

कोरोना संक्रमणलाई कारण देखाउँदै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल सपथ ग्रहण समारोहमा सहभागी भएका छैनन्।

झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन् भने कोरोनालाई कारण देखाउँदै प्रचण्ड र नेपाल सपथग्रहण समारोहमा सहभागी भएनन्। मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गर्नुका साथै दुई जनाको जिम्मेवारी हेरफेर गरेका थिए । विष्णु पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र लिलानाथ श्रेष्ठल महिला तथा बालबालिका मन्त्री नियुक्त भएका हुन् ।

त्यस्तै यसअघि महिला तथा बालबालिकाको जिम्मेवारीमा रहेका पार्वत गुरुङ सञ्चार र रक्षा मन्त्री रहेका इश्वर पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा परिवर्तन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077