Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मानव अधिकार उल्लंघन गर्ने २८६ जनाकाे नामावली सार्वजनिक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २८६ जना मानव अधिकार उल्लंघनकर्ताहरुको नाम सार्वजनिक गरेको छ ।

आयोगले विगत २० वर्षमा गरेका सिफारिसहरुको कार्यान्वयन अवस्था प्रतिवेदनबाट २८६ जना मानव अधिकार उल्लंघनकर्ताहरुको नाम सार्वजनिक गरेको हाे ।

यस अवधिमा गरेका ११९५ वटा सिफारिसहरुको आधारमा यो तथ्य सार्वजनिक गरेको हो । आयोगका अध्यक्ष अनुपराज शर्माले सार्वजनिक गरेको प्रतिवेदनमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित सिफारिस ९४० र सशस्त्र द्वन्द्वसँग असम्बन्धित २५५ वटा सिफारिसहरु रहेका छन् ।

सिफारिस गरिएका उजुरीमध्ये सबैभन्दा बढी हत्याका घटनासँग सम्बन्धित र सबैभन्दा कम शरणार्थीको अधिकारसँग सम्बन्धित रहेका छन् ।

मानव अधिकार उल्लंघनका घटनाहरुमा भएको संलग्नताको आधारमा आयोगले मानव अधिकार उल्लंघनकर्ता भनी किटान गरेका व्यक्तिहरुमा नेपाल सरकारका सचिवसहित निजामति सेवाका कर्मचारीहरु १६ जना, नेपाल प्रहरीका ९८ जना, नेपाली सेनाका ८५ जना रहेका छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपालका ८ जना, तत्कालीन नेकपा माओवादीका ६५ नना र एकजना मानवअधिकारकर्मीसमेत छन् । तीमध्ये हालसम्म ३० जनालाई मात्र कानुनी कारवाही भएको देखिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077