Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

वीरगन्जबाट बरामद २२ किलो सुन बीजेपी नेताका भाइको रहेको खुलासा

काठमाडौं। वीरगन्जबाट बरामद साढे २२ किलो सुन भारतको रक्सौलका बीजेपी नेता प्रमोदकुमार सिन्हाका भाइको रहेको भारतीय मिडियाले नै खुलासा गरेका छन्।

आजतकका अनुसार बिहार चुनावको तयारीको क्रममा रक्सौलबाट भाजपा उम्मेदवार प्रमोदकुमार सिन्हाको भाईको घरमा २२ किलो ५७६ ग्राम सुनको बिस्कुट र २ किलोग्राम चाँदी प्राप्त भएको एउटा ठूलो खबर आएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरामद गरेको थियो । प्रमोद कुमार सिन्हाका भाई अशोक सिन्हा रक्सौलको छेउछाउ नेपालको पर्सा जिल्लामा बस्छन्।

केही दिन अघि प्रमोद कुमार सिन्हाले ३ करोड करोड दिएर टिकट पाएको कुरा पनि चर्चामा आएको थियो ।

एक नेपाली व्यापारी उनलाई पैसा दिन सहयोग गर्दै छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077