Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मेरो दसैँभत्ता फिर्ता लिनुस् : भीम रावल

    मेरो दसैँभत्ता फिर्ता लिनुस् : भीम रावल

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैंँ भत्ता फिर्ता लिन आग्रह गरेका छन्। संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

    ‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमाभत्ता बराबरको म बाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलई सहज हुन्छ सोही अनुरुप गर्नुहोला’ रावलले पत्रमा लेखेका छन् ।



    नेता रावलले देश विषम परिस्थिति तथा आर्थिक कठिनाईमा रहेका बेला सांसदहरुका लागि दसैँभत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार