Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हत्या आरोपमा ४५ वर्षीय पुरूष पक्राउ

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले शिक्षक हत्यामा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

माइ नगरपालिका १ बिहीबारे निवासी शिक्षक पुष्पलाल राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही स्थानका ४५ वर्षीय पदमबहादुर राईलाई पक्राउ गरेको हो ।

४६ वर्षीय शिक्षक राईको शव असोज २९ गते पदमबहादुर राईकाे घर नजिकै भेटिएको थियो ।

अनुसन्धानको क्रममा पदमबहादुर पक्राउ परेको र उनले आफूले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको घाँटीको पछाडिको भाग धारिलो हतियारले काटिएको अवस्थामा थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077