Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रामप्रसाद ओलीकाे अध्यक्षमा श्रम अदालत गठन

काठमाडौं । सरकारले न्यायाधीश रामप्रसाद ओलीकाे अध्यक्षतमा श्रम अदालत गठन गरेको छ ।

मपन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

उच्च अदालत तुल्सीपुरका न्यायाधीश ओली अध्यक्ष छन् भने सदस्यहरुमा भोजपुर जिल्ला षडानन्द नगरपालिकका सदस्य प्रेम कुमार राई र म्याग्दी जिल्ला पुलाचौर गाविसका नीशा बाँनिया छन् ।

बैठकले नेपाली सेनाका प्राविधिक महसेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि २०८० मंसिर २३ गतेसम्म र सहायक रथी सागरबहादुर केसीको पदावधि २०७८ पुष १९ गते सम्म थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077