Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भाँडा खसालेको निहुँमा आफ्नै काकाको हत्या गर्ने भतिज पक्राउ

कास्की।जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै काकाको हत्या गरेको अभियोगमा भतिजलाई पक्राउ गरेको छ ।

आफ्नै काका ५५ वर्षीय टंक बहादुर तामाङको हत्या गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका-५ बान्द्रे घर भएका ४६ वर्षीय ईन्द्र बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-२० मजुवा बिसौना बिजयपुर कोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका टंक बहादुर वैशाख १ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेला परेका थिए ।

उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा उक्त कार्यमा संलग्न ईन्द्रलाई लमजुङ मध्यनेपाल नगरपालिका-२ सोतीपसलबाट पक्राउ गरेको हो ।

गत वैशाख २० गते बेलुका टंक र ईन्द्र समेतका व्यक्तिहरुले रक्सी सेवन गरी बसेकोमा भाँडा खसालेको बिषयमा टंक र ईन्द्रबीच चर्काचर्की झगडा हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

ईन्द्रमाथि ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077