Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपीएल: चेन्नइलाई ७ विकेटले हरायो राजस्थानले

काठमाडौं। अबुधावीको शेख जायेद स्टेडियममा आज सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल)मा खेलमा चेन्नइ सुपर किंग्स राजस्थान रोयल्ससँग पराजित भएको छ। राजस्थानले चेन्नइलाई ७ विकेटले पराजित हराएको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।

चेन्नइका लागि रबिन्द्र जडेजाले सर्वाधिक अभिजित ३५ रनएका छन्। कप्तान महेन्द्रसिंह धोनीले २८ रन बनाए भने साम करनले २२ रन बनाए ।अम्बाती रायडुले १३ रन जोडे। यस पराजयले चेन्नईको आशालाई ठूलो चोट पुर्‍यायो।

राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल तेवातियाले समान १र१ विकेट लिए।

राजस्थानका ब्याट्सम्यान सुरूमा नजमे पनि कप्तान स्टिभ स्मिथ र जोस बटलरले पारि सम्हालेका थिए।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ७० रन बनाए।  कप्तान स्मिथले अभिजित २६ रन जोड्दा बेन स्टोक्सले १९ रन बनाए भने चेन्नइका लागि दीपक चहरले २ तथा जोस हेजलउडले १ विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077