Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन'

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई निर्धक रूपमा बस्न नहुने बताएका छन्। त्यस्तै उनले
सरकारलाई संसद्को बैठक बोलाउनका लागि सरकारलाई बाध्य पार्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह समेत गरेका छन्।

सरकारलाई निर्णय सच्याउन आग्रह गरेरमात्र आफूहरुको कर्तव्य पूरा नहुने उल्लेख गर्दै उनले सदन र सडकबाट सच्चिनैपर्ने बनाउन सकिने बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन। संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077