Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जनता समाजवादी पार्टीको अध्यक्षमा डा. भट्टराई चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्षमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चयन भएका छन् ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो। जसपाका एक नेताले डा. भट्टराईलाई पार्टी एकताका बेला गरिएको सहमतिअनुसार अध्यक्षमा चयन गरिएको जानकारी दिए।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077