Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सी अवधारणाको उच्च सराहना गरे ओलीले

    सी अवधारणाको उच्च सराहना गरे ओलीले

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको साझा भविष्यको अवधारणाको नेपालले स्वागत गरेको प्रष्ट परेका छन्।

    हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनवादी गणतन्त्र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा राखेका हुन ।



    सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले बीआरआईको माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्न दुई राष्ट्रबीच मानवीयता लक्षित बृहत सहकार्य गर्दै साझा समुदायको भविष्यका लागि राष्ट्रपति सीले ल्याएको अवधारणाको उच्च सराहना गरे  । यस मञ्चले बीआरआई सहकार्यका लागि थप प्रवर्धन गर्ने विश्वास समेत उनले व्यक्त गरे  । नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतमा आफ्ना धारणा व्यक्त गर्नुहुँदै ओलीले नेकपाले आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीसँगको मैत्रीपूर्ण सम्बन्धलाई स्वीकार गरेको उल्लेख गरे । दुवै देशका राजनीतिक दलले समाजवादमार्फत आफ्ना जनतालाई लाभ पुर्याउन विकास मोडेल र कामलाई अङ्गिकार गरेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे ।



    नेपालले सधैँ चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको औँल्याउँदै उनले गहिरो मैत्रीपूर्ण सम्बन्ध ६५ वर्षदेखि विकसित हुँदै आएको वताए  ।

    पञ्चशीलको सिद्धान्तसँगै शान्ति र सहअस्तित्व, आपसी विश्वास, समझदारी र सहकार्यबाट निर्देशित सम्बन्ध रहेकाले पनि दुवै देशका धेरै पुस्ताको राज्यप्रमुखबाट साटासाट हुँदै आएको धारणा प्रधानमन्त्री ओलीको थियो । नेपालले सदैव एक चीन नीतिप्रति औपचारिक रूपमै प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चीनले पनि नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति सधैँ सम्मान व्यक्त गरेको स्पष्ट पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार