Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डा. भट्टराईले भने-जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले काेराेना पीडित जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुने बताएका छन्।

उनले कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको टिप्पणी गरे। यसले महामारी झन् विकराल बन्ने उनको धारणा छ ।

बुधबार बिहान ट्वीट गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले पैसा अभाव भएको भए दानपात्र राख्न तर सबै संक्रमितको उपचार निःशुल्क गर्न सकिने बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यसले महामारी झन् विकराल बन्नेछ । यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचार/फजुल खर्च रोके पुग्छ । अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077