Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल क्रिकेटमा सट्टेबाजी गराउने ३ जना पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले आईपीएल क्रिकेटमा सट्टेबाजी गराउने ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका-१ राजदेवी टोल बस्ने २५ वर्षाका राजुकुमार यादव, २७ वर्षका दिपक कुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ वर्षका रबि दास रहेका प्रहरीले जनाएकाे छ ।

कलैया उपमहानगरपालिका-१ राजदेवी टोल स्थित राजुकुमार यादवको घरमा किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिमबिचको खेलमा सट्टाबाजी खेलाइरहेकाे बिषेश सूचनाकाे आधारमा खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।

उनीहरूकाे साथबाट सट्टेबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक, एक लाख सतहत्तर हजार पचास रूपैया नगद, २ थान मोबाइलसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ परेका तीनै जनाबिरूद्ध सट्टेबाजी मुद्दा अन्तर्गत जिल्ला अदालत बाराबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077