Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इन्द्रजित मिजारकाे ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्।

चलचित्र देउतामा समावेश ‘अब यो बाटो मेरो हो’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गरेका छन्।

नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन्। समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्।

विकास दहालले भिडियो सम्पादन गरेका हुन्। श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो।

https://www.youtube.com/watch?v=OthdNGoRHgU

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077