Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनिष पाण्डे चम्कँदा राजस्थानमाथि हैदराबादको सहजै जित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आजभ एको खेलमा  सनराइजर्स हैदराबादले राजस्थान राेयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

हैदराबादका  मनीष पाण्डेले सर्वाधिक ८३ राणा बनाए । उनले ४७ बलमा ८ छक्का र ४ चौका बल प्रहार गरे। पाण्डेले अभिजित ८३ रन बनाउँदाविजय शंकरले अभिजित ५२ रन जोडेका थिए। लगातार तीन पराजय पछि हैदराबादले खेल जित्यो।

यो सनराइजर्स हैदराबादको चौथो जीत थियो।  राजस्थान राेयल्सले सनराइजर्स हैदराबादलाई १५५ रनकाे औशत लक्ष्य प्रस्तुत गरेकाे थियो ।

राजस्थानका सञ्जु सामसनले ३६ रन जोड्दा बेन स्टोकले ३० रन बनाए। त्यस्तै, रियान परागले २० रन बनाउँदा रोबिन उथप्पा र कप्तान स्टिभ स्मिथले समान १९ रन बनाए। त्यस्तै, जोफ्रा आर्चर १६ रनमा अभिजित रहेका थिए ।

हैदराबादका लागि जेसन होल्डरले ३ विकेट लिँदा विजय शंकर र राशिद खानले समान १/१ विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएकाे राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमउँदै १५४ रन जाेडेकाे थियो।

https://twitter.com/IPL/status/1319317857008693248?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1319317857008693248%7Ctwgr%5Eshare_3%2Ccontainerclick_0&ref_url=https%3A%2F%2Fwww.aajtak.in%2Fsports%2Fstory%2Fipl-2020-40th-match-sunrisers-hyderabad-vs-rajasthan-royals-match-report-tspo-1149996-2020-10-22

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077