Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशमा शुक्रबार थपिए १३२ काेराेना संक्रमित

    सुदूरपश्चिम प्रदेशमा शुक्रबार थपिए १३२ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 2K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा थप ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।



    सेती प्रादेशिक अस्पतालमा ६ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ११ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

    श्रेष्ठका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका १६ महिला र २९ पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार