Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुदूरपश्चिममा ३ प्रहरीसहित १० जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा ३ प्रहरीसहित १० जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीका थप ३ जनामा काेराेना संक्रमण पुष्ट भएकाे छ । याेसँगै सुदूरपश्चिममा काेराेना संक्रमण हुने प्रहरीकाे संख्या १६ पुगेकाे छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप तीनजना प्रहरी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार ४२ वर्षका दुईजना र ४४ वर्षका एकजना पुरूष प्रहरीमा काेराेना संक्रमण देखिएकाे हाे । कैलाली प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीनजनामा कोरोना संक्रमण देखिएको बताए ।



    कोरोना संक्रमण देखिएका तीनैजनालाई आइसोलेसनमा राखिएको डीएसपी विष्टले जानकारी दिए ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुबेदीले सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार