Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सप्तरीका प्रहरी उपरीक्षकसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    सप्तरीका प्रहरी उपरीक्षकसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । बिहीबार सप्तरीका प्रहरी उपरीक्षक (एसपी)सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एसपी राजेन्द्रप्रसाद धमला, प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    संक्रमण पुष्टि भएपछि एसपी धमला र डिएसपी भारती होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।



    अन्य संक्रमितमा गजेन्द्रनारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाइकर्मी, सप्तरी कारागारका दुई सुरक्षाकर्मी, नौ कैदीबन्दी तथा राजविराज नगरपालिकाका दुईजना रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार