Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

    काठमाडाैं उपत्यकामा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । काठमाडाैं उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल(एपीएफ) नेपालका ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुको आज कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो । बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको थियाे ।

    भक्तपुरको दुवाकोटस्थित नम्बर-११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर-१८ निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।



    प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । योसँगै एपीएफका ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १५४ जना निको भएरका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार