Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण

    बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 4.4K
    SHARES

    बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

    यसअघि १० इलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्किङमा हिँड्ने ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । सोमबार अबेर राति आएको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।



    स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो । अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार