Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका ३४ खेलाडीमा काेराेना संक्रमण

    सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका ३४ खेलाडीमा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का ३६ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमध्ये ३४ जना खेलाडी रहेका छन् । सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।

    सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दहचोकमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो । यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्रका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार