Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ठिमी वृत्तका ६३ प्रहरीमा कोरोना संक्रमण पुष्टि, दैनिक कार्यसम्पादन प्रभावित

    ठिमी वृत्तका ६३ प्रहरीमा कोरोना संक्रमण पुष्टि, दैनिक कार्यसम्पादन प्रभावित

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 3.5K
    SHARES

    काठमाडाैं । महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त ठिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।



    एकै पटक धेरै प्रहरी संक्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उनले कोरोना संक्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत भएकाले काम प्रभावित बनेको बताए ।



    अत्याश्यक बाहेक ठिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले संक्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार