Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपीएल : चेन्नइ सुपर किंग्समाथि मुम्बई इण्डियन्सको सानदार जीत

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार शारजाह क्रिकेट रंगशालामा भएको खेलमा  मुम्बई इण्डियन्सले चेन्नइ सुपर किंग्सलाई १० विकेटको  पराजित गरेको छ ।

चेन्नइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन मात्रै जोड्न सफल भयो। मुम्बईले ११५ रनको लक्ष्यलाई १२.२ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गरेको थियो।

चेन्नइका लागि साम करन बाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।  चेन्नइलाई करनले सर्वाधिक ५२ रन बनाउँदै माथि लगेका थिए ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले सर्बाधिक ४ विकेट लिँदा जसप्रित बुमराहले र राहुल चहरले २र२ विकट लिएका थिए ।

मुम्बईसँगको हारसँगै चेन्नइ सुपर किंग्सको ‘प्लेअफ’पुग्ने सम्भावना कमजोर देखिएको छ । अब बाँकी तीन खेलमा लगातार जित हासिल गरे पनि ‘प्लेअफ’मा पुग्ने चेन्नइ सुपर किंग्सकोको सम्भावना निकै कम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077