Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

थरुहट तथा मधेशका युवा आन्दोलनको तयारी गर्दै

काठमाडौं । थरुहट तथा मधेशका युवा विभिन्न मागसहित दसैँपछि आन्दोलनमा जाने तयारीका साथ रणनीति बनाइ रहेका छन्।

थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले दसैँपछि जनकपुर वा वीरगंजमा युवाहरुको वृहत भेला आयोजना गरी संघर्षका कार्यक्रम तय गरिने बताए ।दशैंपछि एउटा भेला आयोजना गर्ने र सो भेलाबाट संघर्षका कार्यक्रम तय गर्ने उनीहरुको योजना छ ।

जेलमा रहेका रेशम चौधरीलगायत थरुहट–मधेश आन्दोलनका बन्दी एवं अन्यहरुमाथि लगाइएका मुद्दाहरुको सम्बन्धमामा पनि छलफल हुने बताइएको छ । त्यस्तै, लाल आयोग लगायत अन्य छानविन आयोगको प्रतिवेदन, वर्तमान राजनीतिक अवस्था र थरुहट–मधेशको मुद्दा, आगामी दिनमा तराई मधेशको राजनीतिक विषयमा थारु र मधेशी बीचको रणनीतिक सहकार्य र सम्भावना लगायतको विषयमा छलफल हुने बताइएको छ । भेलालाई सर्वपक्षीय, थारु, दलित, मुस्लिमलगायत सबैको समावेशी सहभागिता सुनिश्चित गरिने दावी गरिएको छ ।

बैठकको तयारीमा जुट्न उनले जनता समाजवादी पार्टी नेपालका युवा नेताहरु डा. सुरेन्द्र झा, मनिष सुमन, अभियन्ताहरु विकास ठाकुर, आनन्द गुप्ता, सुनिल पटेल, कासिन्द्र यादव, अन्जु झा, पत्रकार अमरेन्द्र यादव, मधेश नागरिक समाजका अध्यक्ष गणेश मण्डल, मोनिका सिंह, प्रिती रमनलाई आग्रह गरेका छन् ।

भेलामा सहभागी तराई मधेश राष्ट्रिय परिषद, जसपा, जनमत, काँग्रेस, नेकपा, थरुहट राष्ट्रिय मोर्चाका युवाहरुको नामावली पनि तयार गरिने उनले बताए । तराई मधेशमा रहेका शक्तिहरु बीच छलफल गरी राजनीतिक लक्ष्य प्राप्तिका लागि रोडम्याप तयार गर्ने र युवाहरुको एकीकृत मोर्चामार्फत संघर्षको कार्यक्रम तय गर्ने भेलाको उद्देश्य रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077