Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

चीनविरूद्ध कड्किदै भारतीय रक्षामन्त्रीले दिए यस्तो चेतावनी


एजेन्सी। भारतीय रक्षामन्त्री राजनाथ सिंहले सेनाको हतियार पूजा गरेका छन्। रक्षामन्त्री सिंहले दशैँ पर्वका अवसरमा दार्जिलिङको सुकनास्थित युद्ध स्मारकमा गएर सेनाको हतियार पूजा गरेका हुन्।

त्यस क्रममा उनले चीन तर्फ संकेत गर्दै भने,'भारतीय सेनाले देशको एक इन्च भूमि पनि कसैलाई अतिक्रमण गर्न दिदैन।'साथै उनले चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने चाहना भारतको रहेको बताए। त्यस क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको धारणा राखे।

हालै लद्दाखमा भारत-चीन सीमामा भएको झडपमा बहादुरी देखाएको भन्दै भारतीय सेनाको प्रशंसा गरे र उनीहरूको वीरता स्वर्ण अक्षरमा लेखिने बताए। गत जुन १५ मा लद्दाखकाे गलवानमा भारत-चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सेनाकाे निधन भएकाे थियाे।

चीनतर्फ भएकाे हताहतीबारे अहिलेसम्म चीनले जानकारी दिएकाे छैन। रक्षामन्त्री सिंह हाल पश्चिम बंगाल र सिक्किमको २ दिने भ्रमणमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077