Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • यसवर्ष नेकपाको चियापन कार्यक्रम नहुने

    यसवर्ष नेकपाको चियापन कार्यक्रम नहुने

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

    नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।



    विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।



    नेकपाले यस वर्षको चियापानको मिति भने तोकेको थिएन । कोरोना भारइरसको महामारीकै कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने बताइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार