Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु

    नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।



    छलफलका लागि नेताहरू सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगिसकेका छन् । उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन ।



    यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक्ने बताइएको छ । गत असार १९ गते पनि पाँच नेताबीच वार्ता भएको थियो ।

    यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार