Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेटवार्ता, के भयो कुराकानी ?

    तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । तत्कालीन (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच आइतबार भेटवार्ता भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादीका नेता नारायणकाजी श्रेष्ठकाबीच भेटवार्ता भएको हो । यी सबै नेता तत्कालीन नेकपाको सचिवालयमा थिए ।



    भेटमा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन लगायतका विषयमा छलफल भएको बताइएको छ ।



    छलफललाई निरन्तरता दिने समेत समझदारी भएको छ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट तीव्र पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार