Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बेलायतमा कोरोनाका कारण एकैदिन ३ सय ६७ को मृत्यु

    बेलायतमा कोरोनाका कारण एकैदिन ३ सय ६७ को मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 2.9K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी । बेलायतमा कोरोनाको संक्रमण दिनहुँजसो बढ्दै गएको छ । संक्रमण बढेसँगै मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदैछ ।

    मंगलबार सार्वजनिक तथ्यांक अनुसार २४ घन्टामा बेलायतमा कोरोना संक्रमंबाट मृत्यु हुनेको संख्या तीन सय ६७ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत पाँच महिना अर्थात मे पछिकै सबैभन्दा धेरै हो । योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४५ हजार ३६५ पुगेको छ ।



    तर कोरोना संक्रमणबाट मृत्यु हुनेमा दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या झन्डै ५१ हजार रहेको छ । शुरुमा कोरोना संक्रमित कुनै पनि व्यक्तिको मृत्यु भएमा कोरोना संक्रमितको रुपमा दर्ता गरिने भएकाले यो संख्या बढी हुन गएको हो । तर पछि संक्रमित भएको २८ दिनभित्र मृत्यु भएमा मात्र कोरोनाको मृतक घोषित गर्न थालिएको हो । त्यसबेला बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब पाँच हजार घटेको थियो ।



    यसैगरी २४ घन्टाभित्र थप २२ हजार ८८५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । दुई लाख ६१ हजार भन्दा बढी परीक्षण गरिएकोमा झन्डै २३ हजार संक्रमित फेला परेका हुन् । बेलायतमा कुल संक्रमितको संख्या १० लाखको हाराहारीमा पुगेको छ ।

    पछिल्लो २४ घन्टामा एक हजार १५२ जना संक्रमितहरु अस्पताल भर्ना भएका छन् । हाल ८५२ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ । अहिले बेलायतका हस्पिटलमा ९ हजार १९९ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार