Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ‘इण्डियन कोभिड भेरियन्ट’ युकेभर फैलियो, पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

    ‘इण्डियन कोभिड भेरियन्ट’ युकेभर फैलियो, पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    एजेन्सी। कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इण्डियन कोभिड भेरियन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्नथालेको छ ।

    त्यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ ।



    त्यहाँ गएको २४ घन्टामा १४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो ।



    उता अधिकारीले गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।

    यो समेत गरी त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । त्यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ।

    कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन त्यहाँको सरकारले भनिरहेको छ । त्यहाँ सङ्क्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।

    स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा यहाँ २३ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार