Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • जताजतै देखिन थाल्यो ओमिक्रोन, जर्मनी, बेलायत र इटलीमा पनि भेटियो

    जताजतै देखिन थाल्यो ओमिक्रोन, जर्मनी, बेलायत र इटलीमा पनि भेटियो

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन बेलायत, जर्मनी र इटलीमा पनि देखिएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार शनिबार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट आएका २ जनामा ओमिक्रोन देखिएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले बताएका हुन् ।



    त्यस्तै, जर्मनीमा समेत नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका २ यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको म्युनिखस्थित माइक्रोबायोलोजी केन्द्र म्याक भोन पेटेनकोभरले बताएको छ ।



    इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्ति ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको र दुई बालबालिकासहित परिवारका अन्य पाँच सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको त्यहाँको समाचार माध्यम लाप्रेसेले जनाएको छ ।

    चेक गणतन्त्रकी एक महिलामा पनि नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको लिबेरेकस्थित क्षेत्रीय अस्पतालका प्रवक्ता भ्याक्लाभ रिकारले बताए ।

    नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थका अनुसार दक्षिण अफ्रिकाबाट दुई उडानमा आएकामध्ये ६१ यात्रुमा कोरोना संक्रमण पुष्टि पछि उनीहरूलाई आइशोलेशनमा राखिएको छ । जिन सिक्वेन्सिङमार्फत् ती व्यक्ति नयाँ भेरियन्टबाटै संक्रमित भए वा नभएको निर्धारण हुने इन्स्टिच्युटले जनाएको छ ।

    यसअघि दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिक, बेल्जियम, हङकङ, इजरालय र बोत्स्वानामा ओमिक्रोनका संक्रमित फेला परिसकेका छन् ।

    ओमिक्रोन पत्ता लागेको समाचार बाहिर आएलगत्तै कैयौं मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार