Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सीसीएमसीसीको बैठकमा ‘ओमिक्रोन’बारे छलफल हुँदै

    सीसीएमसीसीको बैठकमा ‘ओमिक्रोन’बारे छलफल हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।

    त्यसैले नेपाल सरकारले पनि ओमिक्रोनको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउने भएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम लागि पूर्वतयारी गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) को बैठक बस्न लागेको छ ।



    सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सकता अपनाउने बारे छलफल हुने बताइएको छ ।



    बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ । नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

    अहिलेसम्म अहिले युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिकसहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएका छन्। त्यसैगरी दक्षिण अफ्रिका, हङकङ, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अंगोला, मालावी, जाम्बिया, लेसेथोलगायतमा पनि यो भाइरस देखा परिसकेको छ ।

    नेपालसँग सिधै हवाई सम्पर्क रहेको हङकङमा यो भाइरस देखापरेसँगै नेपालमा पनि त्रास फैलिएको छ । आजको सीसीएमसीसी बैठकले हङकङ उडानबारे निर्णय गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार