Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दस जनामा ओमिक्रोन पुष्टि हुँदा बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा

    दस जनामा ओमिक्रोन पुष्टि हुँदा बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै बेलातका प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।
    उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति दिँदै भनेका छन्–‘ओमिक्रोनको लहर तीव्ररुपमा आइरहेको भन्ने कुरामा कसैलाई शंका हुनु भएन ।’ उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्।

    उनले यही महिनाको अन्त्यसम्म वृद्धवृद्धाहरुलाई बुस्टर डोज लगाइसक्ने बताए। बेलायतका स्वास्थ्य सचिव साजिद जाविदका अनुसार बेलायतमा दस जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। उनीहरु अस्पतालमा उपचाररत छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार