Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालमा ओमिक्रोन फैलन नदिन उच्च सतर्कता, अफ्रिकी देशका नागरिकलाई प्रवेशमा रोक

    नेपालमा ओमिक्रोन फैलन नदिन उच्च सतर्कता, अफ्रिकी देशका नागरिकलाई प्रवेशमा रोक

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएसँगै नेपालले पनि उच्च सतर्कता अपनाएको छ । नेपालले ओमिक्रोनबाट बच्न अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

    गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको हो ।



    मन्त्रालयले आज निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको जनाएको छ ।



    गृह मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । त्यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको छ ।

    कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिइसकेको छ ।

    डब्लुएचओको दक्षिण–पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार