Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बेलायतमा एक दिन ३५ हजारभन्दा बढी संक्रमित

    बेलायतमा एक दिन ३५ हजारभन्दा बढी संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 2.5K
    SHARES

    लन्डन । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा एकै दिनमा ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

    बिहीबार सांझ सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ३५ हजार ३८३ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।



    यो संख्या दोस्रो लहर शुरु भए यताकै उच्च हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १९ लाख ४८ हजार ६६० पुगेको छ ।



    यसैगरी, बेलायतमा कोरोना मृतक संख्या पनि ६६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ हजार ५२ पुगेको छ । युरोपमा मृतक संख्याको आधारमा इटालीपछी बेलायत दोस्रो स्थानमा रहेको छ । इटालीमा कोरोना संक्रमणका कारण ६७ हजार २२० जनाको मृत्य्यु भैसकेको छ ।

    कोरोना संक्रमणका कारण विश्वभर १६ लाख ६१ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने ७ करोड ४८ लाख ७२ हजार भन्दा बढी संक्रमित भएका छन् । यसैगरी ५ करोड २६ लाख २९ हजार भन्दा बढी मानिसहरु संक्रमणमुक्त भएका छन् । जसमध्ये दुई करोड ५८ लाख एक हजार ३३५ जना सक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार