Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चल्यो, दुई जना घाइते

बारा । भारतबाट आलु र प्याज ल्याउँदै गरेको समूह र प्रहरीबीच झडप हुँदा बारामा हवाई फायर भएको छ ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर सुवर्ण गाउँपालिका-२ का एक बालक गम्भीर घाइते भएका छन् । राति साढे ८ बजे भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिपछि झडप भएको थियो ।

आलु र प्याजलाई  कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोज्दा  प्रहरीले एक्कासी गोली चलाएको स्थानियले आरोप लगाएका छन्। नियन्त्रणमा लिइएको प्याज जिल्ला प्रहरी कार्यालयतर्फ लैजाने क्रममा एक्कासी प्रहरीमाथि ढुङ्गा बर्सिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पगेनीले वताए।

प्रहरीले चलाएको गोली लागेर सुवर्ण गाउँपालिका -२ कै १४ वर्षीय रन्जनकुमार यादव घाइते भएका हुन् ।

उनको टाउकोमा गोली लागेको छ । बालकको वीरगन्जस्थित बयोधा अस्पताल उपचार भइरहेको छ। झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेपनि प्रहरीले घटनाबारे केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077