Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल नेपाली सर्ट फिल्म ‘आइसक्रिम’

काठमाडौं । नेपाली सर्ट फिल्म ‘आइसक्रिम’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट भएको छ। संगीता श्रेष्ठ निर्देशित ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल २०२०मा देखाइने भएको हो।

९ मिनेट लामो फिल्ममा योगिशा खत्रीको मूख्य भूमिका छ।

फेस्टिभल नोभेम्बर ३ देखि ८ तारिखसम्म हुँदैछ। बाल यौन शोषणको विषय समेटेर बनाइएको फिल्म पहिलो दिन, नोभेम्वर ३ मा प्रदर्शन हुनेछ। कोरोना महामारीका कारण भर्चुअल्ली आयोजना हुन लागेको हो।

सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो चलचित्रले बोल्छ। समाजको अँध्यारो पक्षलाई समेटेर फिल्म बनाइएको छ भने फिल्मले हाम्रो समाजका छोरीहरू कसरी बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको संगीता श्रेष्ठले बताइन् ।

श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्सु, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनौट भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077