Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुटपीट गरी युवकको हत्या गर्ने ३ जना पक्राउ

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा कुटपिटबाट एक युवकको हत्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको बिहीबार राति कुटपिट गरेर हत्या भएको हो ।

राति १० बजेको समयमा जानकी गाउँपालिका–५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय केशव टमटा मानबहादुर चौधरी र समर चौधरी रहेको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए ।

तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077