Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एटीएम मेसिन तोडफोड गरेर पैसा लुट्न खाज्ने युवा पक्राउ

तनहुँ । बैंकको एटीएम बक्स तोडफोड गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

तनहुँको व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियालाई पक्राउ गरेको हाे ।

उनले पैसा लुट्न एटीएमलाई स्क्रुको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनको साथबाट प्रहरीले लागू औषध १ सय ३५ ट्याब्लेट नाइट्राभेट पनि बरामद गरेको छ ।

उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077