Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ।

कोरोनाको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएका हुन्। धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको उनले जानकारी दिए।

सक्ने व्यक्ति स्वयंले उपचार गर्ने र नसक्ने समूहको सरकारले नै उपचार गर्ने निर्णय यथावत् रहेको उनले बताए।

उनले भने, ‘सरकारी अस्पाल सबैलाई धरौटी नलिइ कोभिड–१९ का बिरामीको उपचार गर्न निर्देशन दिइएको छ। धरौटी सम्बन्धी सूचना निकाल्ने अस्पतालसँग स्पष्टीकरण सोधिएको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077