Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पार्टी फुटाएर देश र जनताप्रति गद्दारी नगर्न नेता रावलद्वारा ओलीलाई चेतावनी

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन लागेकाे वताइरहेको बेला  स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

नेकपा फुटको संघारमा रहेको नेताहरुको अभिव्यक्तिपछि  नेता रावलले स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन् ।

नेता रावलले आइतबार साँझ ट्वीट गर्दै ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ’, भनेका छन् ।

आफू निकट नेताहरूसँग खुमलटारमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको भेटघाटमा  सँगै हिड्न नसकिएकाे भन्दै अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका गरेका थिए ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव ओलीनिकट अर्थमन्त्री विष्णु पौडेलले पनि नेकपासामु गम्भिर संकट उत्पन्न भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077