Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपा प्रवक्ता श्रेष्ठले भने- पार्टी एकतामा सक्रिय पहल गरौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजनको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा सक्रिय पहल गर्न अपिल गरेका छन्।

एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न उनले अपिल गरेका हुन् ।

पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताउँदै उनले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने उल्लेख गरेका छन् ।

नेता श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077