Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेकपा प्रवक्ताले भने-सल्लाह गरेरै पार्टी अलग गरौं भन्ने कुरा जहाँबाट आए पनि सही होइन

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह नै गरेर पार्टी अलग–अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आए पनि सही नभएको बताएका छन्।

उनले पार्टीभित्र देखिएको विवादका विषयमा चुप पनि नबस्न र व्यक्तिगत गालीगलौजमा पनि नउत्रिन आग्रह गरेका छन् ।

आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रवक्ता श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । उनले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077