Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

खुलामञ्चमा निःशुल्क खाना खुवाउने कामले शहरको इज्जत धानिएकाे छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौंको खुलामञ्चमा खाना खुवाउने क्रमलाई निरन्तता दिन सबै पक्षलाई आग्रह गरेका छन्।

खाना खुवाउने गर्दा खुलामञ्च फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले सम्बन्धित पक्षलाई त्यसो नगर्न भनेको खबर सार्वजनिक भएपछि सांसद थापाले मंगलबार सामाजिक सञ्जालमार्फत खाना खुवाउने क्रम जारी नै राख्न आह्वान गरेका हुन्।

‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई काठमाडौंका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहनुभएको छ।

विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिनु भएकामा धेरै धन्यवाद,’ थापाले फेसबुकमा लेखेका छन्।

नेता थापाले काठमाडौंका जनप्रतिनिधिलाई खाना खुवाउनेजस्तो पवित्र कामलाई निरन्तरता दिन सम्बन्धित सबैमा अनुरोध पनि गरेका छन्।

https://twitter.com/thapagk/status/1323530486451326977

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077